२ भदौ, काठमाडौं ।

रुकुुमको आठविसकोट नगरपालिकाको दुर्गम गाउँ खदीमा अज्ञात रोगका कारण गाउँका सबै मानिस विरामी हुन थालेपछि उपचारको लागि आज स्वास्थ्य मन्त्रलयबाट विशेषज्ञ सहितको टोली आएको छ ।

आज विहान हेलिकप्टर मार्फत डा. अमित अर्याल र यज्ञराज पोखरेलको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खदी पुगको छ । हिजो गाउँका सबै विरामी भएको समाचार प्रकाशन भएपछि मन्त्रालयबाट दुई जना विशेषज्ञ डाक्टर र दुई जना नर्स सहित आवश्यक औषधि लिएर स्वास्थ्यकर्मीको टोली खदी पुगेको आठविसकोट नगरपालिकाका नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए ।

गाउँका दुई सयभन्दा बढी स्थानीय बिरामी परेका छन् । गाउँमा दिन प्रति दिन विरामी बढ्दै गएपछि नरप्रमुख केसीको पहलमा हेलिकप्टर मार्फत स्वास्थ्य मन्त्रालयबाट औषधि सहित विशेषज्ञ सहितको टोली खदी पुगको हो ।

यहाँ पुगेको विशेषज्ञ टोली आजदेखि रोग नियन्त्रण नहुन्जेलसम्म यहि बसेर उपचार गर्ने उनले जानकारी दिए । आज विरामीको रगत, खकार, दिसा, पिसाप संकल गरेर काठमाण्डौंको प्रयोगशालामा परिक्षण गर्ने तयारी गरिएको छ ।

हप्ता दिनदेखि सर्वसाधारणहरु धमाधम बिरामी परिरहेको र अहिले पनि विरामी हुनेको संख्या बढ्दै गएको स्थानीय महेश परियारले जानकारी दिनुभयो ।

स्थानीयको टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुने जस्ता लक्ष्णका कारण बिरामी परेको उनले बताए । धेरै जसो विरामीहरुको अवस्था अहिले निकै चिन्ताजनक रहेको बताएको छ ।