२७ वैशाख, राजविराज । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा बोलेरो गाडीको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेल्टार नगरपालिका–२ बस्ने ४५ वर्षीय वीरबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको बा१६च ३८११ नंको बोलेरो गाडीले बेल्टार नगरपालिका–२ बाट जन्ती लिएर जाँदै गरेको ग१ख २८८९ नंको विवाहको बस रोकेर सडक छेउमा शौचमा गएका मगर फर्किने क्रममा बोलेरो गाडीले ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट मगरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, सप्तरीले जनाएको छ । रासस