६ माघ, बान्जुल (गाम्बिया) । गाम्बियाका राष्ट्रपति याहय जम्मेहले सङ्कटकालको घोषणा गरेका छन ।

उनले मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै सङ्कटकालको घोषणा गरेका हुन । विदेशी हस्तक्षेप बढेकाले सङ्कटकाल घोषणा गर्नुपरेको उनको भनाइ छ ।

पश्चिम अफ्रिकी मुलुक गाम्बियामा विगत २२ वर्षदेखि शासन गर्दै आएका जम्मेह गत डिसेम्बरमा भएको निर्वाचमा पराजित भएपछि सत्ता छोडेका छैनन ।

gambian-president-yahya-jammeh

उनले मतपरिणाम नस्वीकार्ने बताएको भोलिपल्ट राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सार्वभौम जनताको रोजाइलाई नस्वीकार्नु जम्मेहको गल्ती हुने टिप्पणी गरेको थियो ।

जम्मेहले निर्वाचन भएको एक सातापछि मत परिणाम नस्वीकार्ने बताउँदै नयाँ निर्वाचन गर्न माग गरेका छन । उनलाई उनका प्रतिस्पर्धी अदाम बर्रोले पराजित गरेका थिए ।

अहिले राष्ट्रपतिमा पराजित जम्मेहले सन् १९९४ देखि सैनिक शासकको रूपमा गाम्बियाको सत्ता सम्हालेका थियो । गाम्बिया २० लाखभन्दा कम जनसंख्या रहेको निकै सानो अफ्रिकी मुलुक हो ।