१२ असोज, काठमाडौं । वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको आज साँझ ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ ।

सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बन्नु भएका मुनाल घाँटीको क्यान्सरबाट पीडित थिए । ११ वर्षअघि उनको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो ।

उनले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ भ.चर्चित गीत गाएका छन ।

विराटनगरमा २००६ सालमा जन्मिएका उनले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गर्नुभई झण्डै चार दशक रेडियो नेपालमै बिताए ।