कुशल श्रेष्ठ

आजको इन्टरनेट र प्रविधिको युगमा गुगल हरेक व्यक्तिको साथी बन्न सफल भएको छ। करोडौँ व्यक्तिहरूले हरेक दिन गुगलको प्रयोग गर्ने गर्छन्। पेटमा गडबडी भयो, गुगलमा खोज! मोबाइल बिग्रियो, गुगल छँदै छ नि! त्यतिमात्रै कहाँ हो र? गर्लफ्रेण्ड भेट्टाएन? गुगल जिन्दावाद!

तथापी, कमैले मात्रै गुगललाई प्रयोगशाली र रचानत्मक ढङ्गले प्रयोग गर्न जानेका छन्। वास्तवमा भन्ने हो भने, गुगल एउटा यस्तो शक्तिशाली सर्च इञ्जिन हो, जसले विश्वभरीका हरेक किसिमका व्यक्तिहरूको प्रयोगको लागि विभिन्न एप तथा सुविधाहरू प्रदान गरेको छ।

आज हामी तपाईँहरूलाई नेपालीहेडलाइन्सको तर्फबाट गुगलका प्रयोगशाली १० एपहरूको बारेमा छोटो जानकारी दिन गैरहेका छौँ।

१. गुगल ट्रान्सलेट एप

नौलो देश तथा ठाउँमा यात्रा गर्नेहरूका लागि यो एप महत्वपूर्ण हुन आउँछ। जुनसुकै भाषामा लेखिएको शब्द अथवा बोर्डमा क्यामेराले खिच्नुहोस्, यो एपले तुरुन्तै त्यसलाई तपाईँले बुझ्ने भाषा ट्रान्सलेट गरिदिन्छ।10 most useful google apps you never knew existed (1)

२. जीमेलीफाई

यो एपले तपाईँका सबै ई-मेल अकाउण्टहरू जस्तै आउटलूक, याहू, जी-मेल लाई एकैठाउँमा राखिदिन्छ।10 most useful google apps you never knew existed (4)

३. गुगल स्कोलर

यो यस्तो सर्च इञ्जिन हो, जसबाट कुनै कुरा खोजी गर्दा, पाठ्यपुस्तक, वैज्ञानिक खोज अनि पत्रपत्रिकाहरूबाट नतिजा देखाउँदछ। जुन रिसर्च गर्नेहरूको लागि प्रयोगशाली हुन जान्छ।10 most useful google apps you never knew existed (3)

४. गुगल कीप

यो एपको मद्दतबाट तपाईँले गाढा रङ्गीचङ्गी नोट बनाउन सक्नुहुन्छ, जसले गर्दा कुनै पनि महत्वपूर्ण बुँदालाई भूल्न गाह्रै पर्छ।10 most useful google apps you never knew existed (5)

५. गुगल टाइमर

तपाईँले चाहेको जति समयको लागि टाइमर सेट गर्न सक्नुहुन्छ। उक्त टाइमरको अन्त्य भएपछि क्रोमले आलरम बजाइदिन्छ।10 most useful google apps you never knew existed (6)

६. गुगल स्काई

अन्तरीक्षलाई एक शक्तिशाली टेलिस्कोपबाट हेरेको जस्तै अनुभव पाउन गुगल स्काई प्रयोग गर्न सक्नुहुन्छ। यो एपको सहायताबाट तपाईँले हाम्रो आकाशगङ्गा तारापुञ्जको भ्रमण गर्न सक्नुहुन्छ र त्यससम्बन्धी भएका पछिल्ला अनुसन्धानहरूको बारेमा जान्न पाउनुहुन्छ।10 most useful google apps you never knew existed (7)

७. गुगल फन्ट

यो यस्तो सर्च इञ्जिन हो, जसले तपाईँलाई चाहिएको उत्कृष्ट फण्ट खोज्न मद्दत गर्दछ।10 most useful google apps you never knew existed (10)

८. गुगल आर्ट प्रोजेक्ट

यदि तपाईँ कलाकृति प्रेमि हुनुहुन्छ भने यो एप प्रयोग गर्न नछुटाउनुहोस्। विश्वभरीका कलाकारिताको बारेमा विस्तृत जानकारी पाउन यो एपले तपाईँलाई मद्दत गर्नेछ।10 most useful google apps you never knew existed (2)

९. थिङ्क विथ गुगल

पछिल्लो समयमा बजार व्यापारको स्थिति कस्तो छ, अनुसन्धान कहाँ पुग्यो भन्ने बारेमा नियमित जानकारी पाउनको लागि यो एप प्रयोगशाली हुनेछ।10 most useful google apps you never knew existed (8)

१०. पानोरामियो

इन्टरनेट प्रयोगकर्ताहरूले खिचेका तस्विरहरूबाट विश्वलाई चियाउनुहोस्।10 most useful google apps you never knew existed (9)

यो पनि हेर्नुहोस्-
गुगललाई तपाईँको बारेमा के-के कुरा थाहा छ भनेर कसरी पत्ता लगाउने?
गुगलको बारेमा १३ रोचक तथ्य, जुन अधिकांशलाई थाहा छैन
कीबोर्डमै इन्टरनेट चलाउन मिल्ने गुगलको नयाँ कीबोर्ड सार्वजनिक
१५० डलर पर्ने गुगलको फोटो इडिटिङ्ग सफ्टवेयर अब सबैलाई निःशुल्क दिने घोषणा