गुगलले आफ्नो स्मार्टफोन लञ्च गरेको छ। पिक्सल नाम दिइएको गुगलको यो स्मार्टफोन हेर्दा आइफोन जस्तै देखिन्छ। एचटीसीसंग मिलेर गुगलले बनाएको ‘पिक्सल’ र ‘पिक्सल एक्सएल’ दुवैमा धेरै समानता छ।google-pixel-phone-13101209

५ इन्च र ५.५ इन्च डिस्प्ले छ। पिक्सलको १९२०X१०८० रिजोलुसन र पिक्सल एक्सएलको २५६०X१४४० रिजोलुसनको स्क्रिन छ।

दुवै फोनमा फिङ्गर प्रिन्ट सेन्सर छ। १५ मिनेट चार्ज गर्दा सात घण्टा व्याट्रि टिक्ने गुगलले बताएको छ।

आइफोनको सिरी, विन्डोज १० को कोर्टाना जस्तै गुगलले यो स्मार्टफोनमा पहिलो पटक गुगल एसिस्टेन्टको सुविधा दिएको छ। यसले प्रश्नको उत्तर, टास्क म्यानेजमेन्ट, भाषा अनुवाद आदी गर्न मद्धत गर्छ।google-pixel-phone-day-dream-headset-1448919

यसमा १२.३ मेगापिक्सलको क्यामेरा जडान गरिएको छ। फोनसंगै गुगले ‘डेड्रिम हेडसेट’पनि बजारमा ल्याएको छ।