हिन्दु धर्ममा गुरुलाई भगवान समान मानिएको छ । किन भने सही र गलत बताउने गुरुले नै जीवनमा सही बाटो पहिल्याउन सहयोग गर्छ । शिष्यले गरेको राम्रो कामका लागि समेत गुरुलाई श्रेय जान्छ ।

हिन्दु धर्मशास्त्र मनुस्मृतिले शिक्षा दिनेलाई मात्र नभएर जीवनमा अन्य १० ब्यक्तिलाई समेत गुरु मानेको छ । गुरु पू्र्णिमाको अवसरमा गुरु बराबर मानेर सम्झिनु पर्ने १० ब्यक्तिको बारेमा यहाँ चर्चा गरिएको छ ।

श्लोक भन्छः
आचार्यपुत्रः शुश्रूषुर्ज्ञानदो धार्मिकः शुचिः।
आप्तःशक्तोर्थदः साधुः स्वाध्याप्योदश धर्मतः।।

अर्थात गुरुको श्रेणमा राख्नु पर्ने ब्यक्तिमाः

१ गुरु पुत्र
२ सेवा गर्ने पुरानो सेवक
३ ज्ञान दिने अध्यापक
४ धर्मात्मा अर्थात धर्म सम्बन्धी काम गराउने ब्यक्ति
५ पवित्र आचरण भएका मानिस
६ सत्यवादी अर्थात सत्य बचन बोल्ने
७ शक्तिशाली ब्यक्तिः धन, बल र क्षमता भएको ब्यक्ति
८ जीवन निर्भाहका लागि जागिर दिने ब्यक्ति
९ परोपकार गर्ने ब्यक्ति
१० भलाइ चाहाने नाता गोता

यी ब्यक्ति गुरु समान हुन् ।

१ सेवा गर्ने पुरानो सेवक
पुरानो बफादार सेवकलाई गुरु समान मानिन्छ । किन भने पुरानो सेवकले कहिल्यै पनि कुभलो गर्दैन । आफ्नो भलो गर्ने र विश्वास गर्न सकिने भएका कारण यस्ता ब्यक्तिलाई गुरु मानिएको हो ।

guru purnima 1

२ गुरु पुत्र
हिन्दु धर्ममा गुरु पुत्रलाई गुरु समान मानिएको छ । गुरुको पुत्रबाट गुरुको अनुपस्थितिमा ज्ञान लिन सकिने समेत भएकाले यस्ता ब्यक्तिलाई पनि गुरु समान मानिएको हो ।

३ ज्ञान दिने अध्यापक

हामीलाई विद्या शिक्षा दिने ब्यक्तिलाई अध्यापक भनिन्छ । यस्ता ब्यक्तिलाई मनु स्मृतिले भन्छः
य आवृणोत्यवितथं ब्रह्णा श्रवणावुभौ।
स माता स पिता ज्ञेयस्तं न द्रुह्योत्कदाचन।।

never to teach things 1

अर्थात ब्रम्हण माता पिता समान सम्माननीय हुन्छन् । वेद विद्या दिने यस्ता ब्रामह्णलाई गुरु मानिएको छ ।

४ धर्मात्मा अर्थात धार्मिक ब्यक्ति
कुनै पनि सच्चा मनले धर्म कर्म गर्ने ब्यक्तिलाई पनि मनुस्मृतिले गुरु समान मानेको छ । अरुको मन नदुखाउने र सेवा गर्ने ब्यक्तिलाई गुरु समान मानेर सम्मान गर्नु पर्ने शास्त्रमा लेखिएको छ ।

५ पवित्र आचरण भएका ब्यक्ति
यदि कुनै ब्यक्तिको आचरण पवित्र छ भने यस्ता ब्यक्तिलाई गुरु मान्न सकिन्छ । यस्ता ब्यक्तिले सँधै राम्रो ज्ञान दिने भएकाले यिनीहरुलाई गुरु मानिएको हो ।

guru purnima

६ सत्यवादी सत्य बोल्ने
जो ब्यक्ति सँधै सत्य बोल्छ अर्थात सत्यवादी ब्यक्तिलाई पनि शास्त्रमा गुरु समान मानिएको छ । यस्ता ब्यक्तिबाट मार्ग निर्देशन लिन सकिने र शिषा समेत लिन सकिन्छ ।

७ सामर्थ्य अर्थात शक्ति र पैसा भएका ब्यक्ति
जो ब्यक्ति सक्षम बलशाली र पैसावाला छ । त्यस्तालाई पनि गुरु मानिएको छ । यस्ता ब्यक्तिबाट सहयोग लिनका लागि पनि गम्भिरतापूर्वक लिनु पर्छ ।

८ जीवन धान्ने जागिर दिने
जुन ब्यक्तिले तपाइँलाई जीवन धान्नका लागि जागिर दिएको छ त्यस्ता ब्यक्तिलाई पनि गुरु मानिएको छ । यस्त ब्यक्तिलाई आदर गर्दै गुरु मान्नु पर्छ ।

९ परोपकार गर्ने ब्यक्ति
जुन ब्यक्ति सँधै अरुको सहयोग गर्न तयार रहन्छ । त्यस्ता ब्यक्तिलाई गुरु मानिन्छ । यस्त ब्यक्तिबाट शिक्षा लिन सकिन्छ ।

१० भलो चाहने नातागोता
जो आफन्त तपाइँलाई भलो चाहन्छन् । उनीहरुलाई पनि गुरु मानिएको छ । यिनीहरुको भनाइलाई गुरुको जस्तै मान्नु भनेर मनुस्मृतिले भनेको छ ।