२९ साउन, बाँके ।

बाढी तथा पहिरोबाट पुगेको क्षति अवलोकनका लागि गृहमन्त्री जनार्दन शर्मा नेपालगञ्ज पुगेका छन् । बाँके र बर्दिया जिल्लाका बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि गृहमन्त्री शर्मा नेपालगञ्ज पुगेका हुन ।

नेपालगञ्जमा उनले क्षेत्रीय सुरक्षा निकायका प्रमुखसँग वाढीले पु¥याएको क्षतिको अवस्था बारे जानकारी लिनुका साथै उद्धार र राहतमा लाग्न निर्देशन दिएका छन् ।

बाढीले बाँके र बर्दियामा हजारौं मानिस प्रभावित भएका छन् । बाढीमा दुई दिनदेखि फसेपनि उद्दारको प्रयास नभएको स्थानीयको गुनासो छ ।