१९ साउन, काठमाडौं ।

राजधानीको विजुली बजारमा सभासद् सहितले नेतृत्व गरेको दुखद घटना प्रति संसदमा ब्यापक विरोध भएको छ । सभासद्ले गृहमन्त्री र प्रहरी प्रसासनको नियतमाथि गम्भीर प्रश्न उठाएका छन् ।

यो विरोधपछि दलित सभासद्ले नेतृत्व गरेको जुलुस माथि प्रहरीले दमन गरेको घटना बारे संसदलाई जानकारी दिन संसदले सरकारलाई निर्देशन दिएको छ । संसद बैठकको शुरुमै सबै दलका सभासद्ले चर्को विरोध गर्दै गृहमन्त्रीले संसदमा उपस्थित भएर गृहमन्त्रीले आत्मालोचना गर्दै माफी माग्नु पर्ने माग गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

subash nembang

सभामुख नेम्वाङले भोलीको बैठकको शुरुमै उपस्थित भएर सभासद्ले उठाए अनुसारको यथार्थ जानकारी दिन गृहमन्त्रीलाई रुलिङ गरे । राजधानीको विजुली बजारमा सभासद्ले नेतृत्व गरेको जुलुस माथि प्रहरीले आक्रमण गर्दा सभासद् र अधिकारकर्मी सहित २६ जना घाइते भएका छन् ।

‘यो दुखद घटना प्रति सिंगो संसदले विरोध गरेको छ, सभासद्ले गम्भीर प्रश्न उठाउनु भएको छ । धेरै घाइते भएको र केही सभासद् पनि गम्भीर घाइते भएका कुराले संसदमा प्रवेश पायो ।’ नेम्वाङले भने, ‘यसबारे भोलीको बैठकको शुरुमै सबै कुराका बारेमा जानकारी दिन गृहमन्त्रीलाई म निर्देशन दिन्छु ।’
तर सभामुखको यस्तो रुलिङ पछि पनि सभासद्ले चित्त बुझाएका थिएनन् ।

सभासद्हरुले आजै गृहमन्त्रीलाई संसदमा उपस्थित गराएर आजै चित्त बुझ्दो जवाफ दिन माग गरेका थिए । तर विविध पक्षलाई ध्यान दिँदै भोली शुरुमै बोलाएको छु भन्दै फकाए पनि सभासद् फक्किएका थिए ।

बैठकमा सत्ता पक्ष र प्रतिपक्ष सबै दलका सभासद्ले दलित माथि भएको आक्रमणको एक श्वरमा विरोध गरेका हुन् । सत्तारुढ का्रग्रेस एमालेका सभासद्ले गृहमन्त्री बामदेव गौतमले माफस् माग्नु पर्ने जोडदार माग गरे ।