१७  वैशाख, काठमाडौं।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन्।

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीस विरुद्ध महाभियोग प्रस्ताव गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै निधिले राजीनामा दिएको बताइएको छ।

प्रधानन्नयाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गराइएको महाअभियोग प्रस्तावबारे आफूलाई थाहा नदिएको भन्दै निधिले राजीनामा दिएको उनका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिए ।

स्वकीय सचिव विक्रमले प्रधानमन्त्री निवास बालुवाटार पुगेर गृहमन्त्री निधिको राजीनामा बुझाएका छन् । काँग्रेस र माओवादी केन्द्र मिलेर प्रस्ताव दर्ता गरिएपनि निधिलाई जानकारी नदिइएको उनको भनाई छ ।

यसअघि नेपाल प्रहरीका आइजीपी नियुक्ती प्रकरणमा आफ्नै पार्टी काँग्रेस सभापति शेरबहादुर देउवासँग निधिको सम्बन्ध चिस्सिएको छ ।

देउवाले जयबहादुर चन्दलाई नियुक्त गर्न दबाब दिएपनि निधिले भने मानेका थिएनन् । देउवाले जर्वजस्ति गरेपछि उनी चन्दको नाम सिफारिस गर्न बाध्य भएका थिए । तर सर्वाेच्च अदालतले यो निर्णय कार्यान्वयन हुन नदिएपछि देउवा सर्वाेच्चप्रति रुष्ट  थिए ।

उपप्रधानमन्त्री बरियता विवादमा पनि सभापतिले सहयोग नगरेपछि निधिले मन्त्रीपरिषद् बैठकमा नजाने निर्णय समेत गरेका थिए ।

यो पढ्नुस।

महाअभियोग प्रस्तावमा देउवाको पहिलो हस्ताक्षर, गगन र चन्द्रले गरेनन्

‘एक महिना पनि कुर्न नसक्ने भएपछि महाअभियोग दर्ता गर्यौं’