२६ साउन, काठमाडौं ।

गृहमन्त्री जनार्दन शर्माले एक सय ३० जनाको विदाई गरेका छन् । गृहमन्त्रीले साउदी अरेबियाको मक्का मदिना जान लागेका एक सय ३० जना हजयात्रीहरुलाई बिदाई गरेका हुन् । आज अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री शर्माले हज यात्रीहरुलाई बिदाई गरे ।

एयर अरेबियाको विमान मार्फत आज १३० जना मुस्लिम समुदायका हजयात्रीहरु साउदी अरेबियातर्फ लागेका छन् । गृह मन्त्रालयको समन्वयमा यसबर्ष कुल १२ सय १० जना मक्का मदिनामा हज गर्न जाने केन्द्रिय हज समितीले जानकारी दिएको छ ।

कुल संख्या मध्ये १० जना प्रतिनिधिमण्डलका सदस्यहरु रहनेछन् । हज समितीले बनाएको टुर प्याकेज अनुसार हजयात्रीहरु ४५ दिनपछी नेपाल फर्कनेछन् ।