३ मंसिर, काठमाडौं |
गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ । ‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै गरेको वा विस्फोटक पदार्थ बोकेर हिँडेको पाइए सीधै गोली हान्नेसमेत आदेश दिइएको छ,’ गृह स्रोतले भन्यो । तर, गृहको विज्ञप्तिमा भने गोली हान्ने आदेश दिइएको उल्लेख छैन ।

बम विस्फोटमा बालकसहित ६ घाइते

अशोक पहाडी/रौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट एक बालकसहित ६ जना घाइते भएका छन् । सरकारी अस्पतालनजिक रहेको राधाकृष्ण मन्दिरमा हुन लागेको एमाले र माओवादी केन्द्रको संयुक्त सभालाई लक्षित गरी बम विस्फोट गराइएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

विस्फोटमा परी चियापसल चलाउने ३१ वर्षीया सरिता राई र उनका सात वर्षका छोरा जैविक राई गम्भीर घाइते भएका छन् । सरिताको खुट्टाभरि बमका छर्रा लागेका छन् । जैविकको शरीरका विभिन्न स्थानमा गहिरो चोट लागेको छ । उनीहरूलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ ।

घाइते हुने अन्यमा चन्द्रपुर नगरपालिकाकी ४५ वर्षकी लक्ष्मी राई, ५५ वर्षीय रामबहादुर विक, ४८ वर्षकी कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षकी दिलमाया राई र ५० वर्षकी यमुना काफ्ले छन् । एमाले कार्यकर्ता काफ्लेको एउटा हातको औँला चुँडिएको छ ।

बम विस्फोट कसले गरेको हो भन्ने खुल्न सकेको छैन । घटनाको कुनै संगठनले जिम्मा लिएका छैनन् । वाम गठबन्धनका स्थानीय नेता उद्धव रेग्मीले भेला हुनुभन्दा केही पहिला विस्फोट भएको जानकारी दिए ।

तनहुँमा पौडेललक्षित आक्रमण
निर्वाचनको मुखमा किन यसरी भयो आक्रमण भयो ? यो विषयमा छानबिन गर्नुपर्छ । यसको पछाडिको उद्देश्य के हो ? निर्वाचन नजिकिँदै गर्दा यस्ता घटना झन् बढ्दो छ । तर, सुरक्षा निकाय अनुसन्धान गर्ने मामिलामा कमजोर देखिएका छन् । यस्ता घटना घट्दै छन् भन्ने पहिले नै थाहा हुनुपथ्र्यो । घटना हुनेबित्तिकै अनुसन्धान भएको भए पक्राउ हुन सक्ने अवस्था हुन्थ्यो : रामचन्द्र पौडेल