१७ चैत, काठमाडौं।

सरकारले गैरकानूनी रुपमा साउदी अरबमा बसिरहेका नेपालीलाई घर फर्काउन शिविर सञ्चालन गर्ने भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार ऋषिराम अधिकारीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे अबको ९० दिनभित्र आफ्नो मुलुकमा गैरकानूनी रहेका बिदेशीलाई बिना कारबाही आफ्नो देश फर्कन अवसर दिन लागेको बताए ।

अधिकारीका अनुसार सरकारले साउदीस्थित नेपाली बाहुल्य क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने छ । शिविरले गैरकानूनी रुपमा साउदीमा रहेका र दूतावासको पहुँचबाट टाढा रहेका नेपालीले लाभ लिन सक्ने अधिकारीले जानकारी दिए ।

घुम्ती शिविरका लागि नेपाल र नेपालीको क्षेत्रमा काम गर्ने साउदीका ३० भन्दा बढी संघ संस्थाहरुले स्वयम्सेवकको रुपमा सहयोग गर्ने अधिकारीले बताए ।

गैरकानूनी रुपमा साउदीमा काम गरिरहेका र नेपाल र्फकन चाहनेले हेल्लो सरकारमा सिधै टेलिफोन गरेर गुनासो टिपाउन सक्ने व्यवस्था सरकारले गरेको छ । त्यस्तै सम्बन्धित सरकारी निकायहरु श्रम विभाग, परराष्ट्र मन्त्रालय, अध्यागमन विभागमा इमेल पनि गर्न सकिनेछ भने साउदीस्थित नेपाली दूतावासमा सिधै सम्पर्क गर्दा पनि उनीहरुको तत्काल उद्धार हुने मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।