१३ असोज, काठमाडौं ।

चितवनको घोप्टेभिरमा दुर्घटनामा परेका पूर्व गृहमन्त्री माधव घिमिरेको त्रिशुलीमा डुबेको गाडी खोजिरहेको गोताखोरको टोलीले नदीमा डुबिरहेको अवस्थामा गाडी भेटाएको छ । यद्यपी यो गाडी माधव घिमिरे चढेको गाडी भए नभएको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पाकिस्तानले भारतीय सीमा नजिकै सुरु गर्यो ‘डेजर्ट वार गेम एक्सरसाइज’

गोताखोरको टोलीले घोप्टेभीरबाट करिब १०/१५ मिटर तल नदी भित्र डुविरहेको गाडी फेला पारेको हो । गत आइतबार दुर्घटनामा परेको भएपनि अहिले सम्म घिमिरे तथा उनका भाइहरुको अवस्था अज्ञात छ ।

Trishuli Accident

सोही स्थानमा त्यसको केही दिन अघि मात्र एक मालवाहक ट्रक खसेको थियो । उक्त स्थानमा अहिले सम्म थुप्रै दुर्घटना भैसकेका छन् ।

यातायात मन्त्री, गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुखहरुले घिमिरेको गाडी दुर्घटना भएको स्थल अवलोकन गरिसकेका छन् ।

बिहेअघिको सम्वन्धले बढायो ७२ घण्टे चक्कीको प्रयोग

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका तीन दाजुभाइ गत आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस– ३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए ।