प्रयास पराजुली

२३ भदौ, ललितपुर ।

जात्रा बेला बेलामा मात्र लाग्ने गरेको कारण जात्राको महत्व हुने गर्छ । जात्रा मनाउनुको पछाडि धार्मिक, एतिहासिक र सांस्कृति परम्परा जोडिएका हुन्छन । एक महिनासम्म लाग्ने १२ बर्षमा लाग्ने गोदावरी सिंहस्त मेलामा अहिलेसम्म देश/विदेशका गरी २४ लाख भन्दा बढी मानिसहरुले अवलोकन गरी सकेका छन् ।

godabari lalitpur 12 year mela (9)

गोदावरी मेलाको आफ्नै महत्व छ । धार्मिक आस्था र विश्वास छ । त्यही भएर मानिसहरु धाएर आउने गरेका छन् । घण्टौ लाइन बसेर तिर्थालुहरुले गोदावरीमा दर्शन गर्ने गरेका छन् । तर मेलाको नाममा वैधानिक/अवैधानिक ब्रम्हलुट मच्चाइएको छ ।

godabari lalitpur 12 year mela (1)

गोदावरीको बसपार्क नजिक रहेको गेटबाट भित्र छिड्ने वित्तिकै सुरु हुन्छ ठग्ने काम । बस गेटभित्र छिर्ने वित्तिकै ५० रुपैयाँ तिर्नु पर्छ । गोदावरीमा पर्याप्त रुपमा पार्क गर्ने स्थल रहेको छ । स्थानीय अगुवा र प्रहरीको मिलोमतोमा सार्वजनिक चौरलाई पार्किक क्षेत्र बनाएर सवारी साधनबाट मनलाग्दी रुपमा पैसा उठाउने गरिएको छ । पार्किङको सामान्यता तिर्नु पर्ने शुल्क १० रुपैयाँ भएपनि यहाँ २० रुपैयाँ तिनुपर्छ ।

godabari lalitpur 12 year mela bike parking

होटलको त कुरै नगरौ । मनलाग्दी रुपमा लिने गरिएको छ । यतिसम्म कि दुई रुपैयाँ पर्ने प्लाष्टिकको बोतललाई २५ रुपैयाँसम्म लिने गरिएको पाइयो ।

godabari lalitpur 12 year mela (6)

तिर्थालुुले पुण्य प्राप्तिको लागि प्रदान गरेको रकमको समेत पारदर्शि रुपमा हिसाब किताब समेत राखिएको छैन् । तिर्ने नपर्ने जुत्ता चप्पलको नाममा समेत प्रत्येक तिर्थालुबाट १० रुपैयाँ उठाइएको छ । मेलामा देखिएको वेथिति लुटप्रति स्थानीय प्रशासनले कुनै पनि चासो नदेखाएको मेला भर्न आउनेहरु बताउंछन ।

godabari lalitpur 12 year mela (3)godabari lalitpur 12 year mela (4) godabari lalitpur 12 year mela (5)
godabari lalitpur 12 year mela (7) godabari lalitpur 12 year mela (8) godabari lalitpur 12 year mela (10) godabari lalitpur 12 year mela (11)