१४ जेठ, काठमाडौं

हिजो शनिबार काठमाडौंबाट लुक्ला विमानस्थलतर्फ उडेको गोमा एयरको कार्गो विमान अवतरण गर्ने क्रममा दुर्घटना हुँदा चालक दलका २ जनाको निधन र एक जना परिचारिका घाइते भएपछि दुर्घटना बारे छानबीन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुर्घटना जाँच आयोग गठन गरेको छ।

५ सदस्यीय दुर्घटना जाँच आयोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर, महासेनानी आशिष नरसिंह राणा, तारा एयरका क्याप्टेन बोधराज निरौला, मनाङ्ग एयरका इन्जिनियर दिगम्बर राजभण्डारी र सुरेश आचार्य छन्।

छानवीन समितिलाई ९० दिन भित्र राय सुझाव सहित प्रतिवेदन पेस गर्न निर्देशन दिइएको जनाइएको छ।