८ चैत, काठमाडौं ।

नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले आइतबार राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा २५ मिनेट भएको भेटमा ह्यारीले गोर्खा सैनिकहरुले बेलायतका लागि दिएको बलिदानको प्रशंसा गरेको हो ।

आफूले सन् २००७ मा अफगानिस्तानमा सात साता गोर्खा सैनिकसँग रहेर तालिवानसँग लडाइँ लड्दाको अनुभव सुनाउँदै ह्यारीले राष्ट्रपतिसँग भने ‘गोर्खा सैनिक जवानदेखि तालिवानी आतंकवादीसमेत डराउथे ।

साँच्चै गोर्खाहरु बहादुर र सहासी छन् ।’ ह्यारीले आफू गोर्खा सैनिकका परिवार तथा आफन्तसँग भेट्न आतुर भएको पनि बताए । अन्नपूर्णमा समाचार छ ।