३ असार, काठमाडौं । दार्जीलिङमा गोर्खा जनमुक्ति मोर्चाको आन्दोलन हिंसात्मक बन्दै जाँदा सेनाले चलाएको गोली लागेर आज दुईजना गोर्खा जनमुक्ति मोर्चा समर्थकको मृत्यु भएको छ ।

प्रदर्शनकारीको आक्रमणमा परि एक प्रहरीको समेत मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । सेनाले चलाएको गोली लागेर अन्य दर्जनौँ घाइते भएका र प्रदर्शनकारीको आक्रमणमा ३५ प्रहरी समेत घाईते भएका समाचारमा जनाईएको छ ।

प्रदर्शनकारीहरुले प्रहरीको एउटा गाडीमा आगो लगाईदिएका छन् । गोर्खा जनमुक्ति मोर्चाको कार्यालय र प्रमुख विमल गुरुङ्गको घरमा अस्ती प्रहरीले छापा मारेको विरोधमा प्रदर्शन गरिरहेका मोर्चा कार्यकर्तामाथि सेनाले अन्धाधुन्ध गोली चलाएको मोर्चाका नेता विनय तामाङले बताए ।