भन्ने नै हो भने, काँचो सागसब्जीहरूमा भरपूर पौष्टिक तत्व मिल्दछ, तर कुनै-कुनै सब्जीहरूले पकाएपछि मात्रै फाइदाजनक नतिजा दिन्छ र पौष्टिक तत्वको पनि वृद्धि गर्दछ।

तर, हामीले यस्तो कुरा त्यति ख्याल गर्दैनौँ, अनि यहि गल्तीको कारण हामीले जति राम्रा खानेकुरा खाएपनि त्यसबाट राम्रो नतिजा पाउन सक्दैनौँ। यसै सिलसिलामा आज हामी तपाईँहरूलाई कुन सब्जी पकाएर खाने अनि कुन सब्जी काँचै खाने भन्ने बारेमा छोटो जानकारी दिन गैरहेका छौँ।

१. गोलभेँडा

पकाएर खानेhealth Benefits of tomatoes
किन?

गोलभेँडामा पाइने ‘लाइसोपिन’ (Lycopin) ले यसलाई रातो रङ्ग प्रदान गर्दछ र यसले पुरुषमा वीर्यथैलीको क्यान्सर र मुटुको रोगबाट बचाउँदछ। गोलभेँडा पकाउँदा सो लाइसोपिनलाई ढाकेर बसेको झिल्ली टुक्रिन्छ र लाइसोपिनलाई रिलिज गर्दछ। जसले गर्दा हाम्रो शरीरले त्यसलाई सजिलैसँग पचाउन सक्दछ। यसलाई सूपको रूपमा पिउँदा उचित हुन्छ।

(गोलभेडाले गर्छ धुम्रपानले गरेको असरलाई कम- जानौँ अन्य फाइदा)

२. प्याँज

काँचै खानेOnion For Asthma
किन?

प्याँजमा लाइसिन (Lysine) नामक प्राकृतिक पदार्थ हुन्छ जसले धेरैबेर सम्म भोक लाग्न दिँदैन। साथै यसले क्यान्सरबाट बचाउँदछ भने मुटुलाई समेत स्वस्थ राख्न मद्दत गर्दछ। यसलाई पकाउँदा त्यहाँ भएका क्यान्सरविरोधक इन्जाइमहरू नष्ट हुन्छन्। त्यसैले प्याँजलाई काँचै खाँदा त्यसमा भएका सबै पौष्टिक तत्वहरू पाउन सकिन्छ।

(प्याँज काट्दा किन आँशु आउँछ?)

३. बन्दा

पकाएर खानेcabbage
किन?

बन्दागोबीमा भिटामिन-सी, भिटामिन-बी र फोलेट प्रशस्त मात्रा पाइन्छ। यसलाई जिरामसलासँग पकाएर खाँदा शरीरलाई फाइदा गर्दछ। यसमा हुने क्याल्सियमले दाँत र हाडजोर्नीलाई मजबुत बनाउँदछ। यसको सबैभन्दा बाहिरपट्टी हुने गाढा हरीयो रङ्गको पातमा सबैभन्दा बढि भिटामिन-सी पाइन्छ, जसले हाम्रो प्रतिरक्षा शक्तिमा सुधार ल्याउँदछ।

४. गाँजर

पकाएर वा काँचै खानेCarrot Benefits in Table
किन?

गाँजरमा बेटा-क्यारोटिन हुन्छ, जसलाई शरीरले भिटामिन-ए मा परिवर्तन गर्दछ। गाँजरलाई पकाउँदा त्यसमा हुने बेटा-क्यारोटिनको मात्रा बढ्दछ। यसले शरीरको पौष्टिक तत्वलाई पचाउने क्षमतामा वृद्धि गराउँदछ भने छालालाई स्वस्थ राख्न पनि मद्दत गर्दछ।

तर यसलाई काँचै खाँदा पनि फाइदा गर्दछ। रुघाखोकीबाट बच्नको लागि सुरुमा आफ्नो शरिरको प्रतिरक्षा प्रणालीलाई मजबुत गराउनुपर्दछ, जुन गाँजरमा रहेको फलाम र म्याग्नेसियमले सहयोग गर्दछ। साथै काँचो गाँजरमा प्रशस्त फाइबर पाइन्छ जसले शरीरको पाचन शक्तिलाई विकास गर्दछ भने धेरै बेर सम्म पेट भरि राख्दछ।

(रक्तचाप तथा रतन्धोको लागि गाँजर! गाँजरका अन्य ७ फाइदा)

५. रातो क्यापसिकम

काँचै खानेRed Capsicum
किन?

रातो क्यापसिकममा भिटामिन-सीको भरपूर मात्रामा पाइन्छ। तर यसलाई पकाउँदा भिटामिन-सी नष्ट हुन्छ र एण्टिअक्सिडेण्टको मात्रा पनि घट्दछ। क्यापसिकममा पाइने एण्टिअक्सिडेण्टले मुटुमा हुने दुखाई र जलनलाई राहत दिन्छ भने रक्तचाप नियन्त्रणमा पनि मद्दत गर्दछ।

६. ब्रोकाउली

काँचै खानेBroccoli is a SuperFood
किन?

ब्रोकाउलीलाई सूपरफूड पनि भनिन्छ, किनभने यसमा पाइने ‘सल्फोराफेन’ले पेटको अल्सर र क्यान्सरबाट बचाउँदछ। यसलाई पकाउँदा सल्फोराफेन बनाउन मद्दत गर्ने इन्जाइम नष्ट भएर जान्छ। त्यसैले यसलाई काँचै खानु सबैभन्दा उचित हुन्छ अथवा हलुका बफाएर खाँदा पनि हुन्छ।

यो पनि हेर्नुहोस्-
पेटमा गडबडी भयो? यी ५ कुराले दिन्छ राहत
उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा
गर्मीमा दही खानुस्, यी रोगसँग लड्नुस्…
डण्डीफोरबाट बच्न यी काम गर्नुहोस्