२७ असोज, काठमाडौं ।


सरकारले राजधानीमा केही दिन अघि गोली हानी हत्या गरिएका निर्माण व्यवसायी शरद गौचनलाई सहिद घोषणा गरेको छ। आजको मन्त्रिपरिषद्को बैठकले गौचनलाई सहिद घोषणा गरेको हो।

निर्माण व्यवसायी संघका अध्यक्ष गौचनलाई सहिद घोषणाको माग गर्दै निर्माण व्यवसायीहरू आन्दोलित भएका थिए। गौचनको परिवारले पनि उनलाई सहिद घोषणा नगरे शव समेत नबुझ्ने चेतावनी दिएका थिए।

गौचनको हत्या भएको चार दिनपछि विहिबार दाहसंस्कार गरिएको थियो ।