९ वैशाख, एजेन्सी।

नेपाली बजारमा सामासुङको नयाँ स्मार्टफोन एस ८ को मूल्य ८८ हजार ९ सय रुपैयाँ र एस ८ प्लसको ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । सबैलाई थाहा हुने कुरा हो, यो रकम सामसुङको सेट बनाउँदा लाग्ने वास्तविक खर्च होइन। हरेक कम्पनीले फाइदाको लागि बढी मूल्यमा आफ्ना सामान बेच्ने गर्छन्।

सामसुङले प्रत्येक ग्यालेक्सी एस ८ बेचेर कति फाइदा लिन्छ ?

रिपोर्टको अनुसार एउटा ६४ जिबी स्टोरेजको सामासुङ ग्यालेक्सी एस ८ बनाउन चाहिने सामाग्रीहरुको मूल्य (बिल अफ मेटेरियल्स) ३०१.६ डलर पर्न आउँछ। अर्थात करिब ३१, ००० रुपैयाँ सामसुङले आफ्नो सेटमा लागि चाहिने सामानको लागि खर्च गर्छ। त्यस्तै प्रत्येक सेटको उत्पादन खर्च ५.९ डलर (करिब ६०० रुपैयाँ) जोड्दा सामसुङ ग्यालेक्सी एस ८ बनाउन प्रति सेट ३०७.५ डलर (करिब ३१ हजार ७ सय) खर्च हुन्छ।

यो रकम सामसुको ग्यालेक्सी एस ७ को उत्पादन खर्च भन्दा ४३.३४ डलर बढी हो।

यसरी हेर्दा ग्यालेक्सी एस ८ को सस्तो भर्जन, जुन ७२० डलर मूल्य तोकिएको छ जुन वास्तविक मूल्य भन्दा ४१२.५ डलर (४२ हजार ६ सय) बढी हो। तर यति नै रकम सामसुङको खातामा नाफाको रुपमा जाँदैन। यसैबाट सामसुङले मार्केटिङ खर्च, कर, रिटेलर र बजार व्यवस्थापकको खर्चलगायतका खर्च निकाल्छ अनि त्यसपछि बचेको मात्र उसको नाफा रकममा जोडिन्छ।