एजेन्सी । बैंग्लोरमा एउटा घरमा ग्यांस सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । विस्फोटबाट चारवटा घर भत्किएका छन् ।
घर भत्किएर पुरिँदा उनीहरुको मृत्युभएको हो ।

घटनालगत्तै उद्धार कार्य सुरु गरिएको र भग्नावशेषबाट ३ बर्षिया बालीकालाई जिवित्तै निकालीएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

बालिकाका आमाबुबा सबै परिवारको घटनामा मृत्यु भएपछि राज्य सरकारले उनको रेखदेख गर्ने जिम्मा लिएको छ । विस्फोटपछि लागेको आगो सँगै रहेका अन्य तीनवटा भवनमा फैलिएको थियो । समाचार एजेन्सीका अनुसार ग्यांसको सिलीन्डर राखिएको एउटा दुईतले भवनमा विस्फोट भएको थियो ।

यद्धपी सरकारका तर्फबाट जारी गरिएको बयानमा त्यहाँ राखिएका कुनैपनि सिलिन्डरमा ग्यास नरहेको उल्लेख छ । राज्य सरकारले घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई प्रति परिवार ५—५ लाख रुपैंया क्षतिपूर्ती दिने र घाईतेहरुलाई ५०—५० हजार उपचार खर्च दिने घोषणा गरेको छ ।