६ साउन, डओलोगोस् (ग्रीस) । ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तब्यको रुपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको समाचार छ ।

शुक्रबार आएको ६.७ म्यानिच्युड मापन गरिएको यस भूकम्पमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सय भदा बढी घाइते भएका छन् ।

यसमा परी मृत्यु भएका दुवै नागरिक विदेशी भएको बताइएको छ । अरु कैयौँ घाइते नागरिकको उद्वार जारी छ ।

टर्कीको प्रमुख रिसोर्ट बोदरुमबाट १०३ किलोमिटर दक्षिणमा पर्ने सो स्थानमा यस भूकम्पको केन्द्र विन्दु रहेको बताइएको छ ।

यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सय भन्दा बढी घाइते भएका कोसस्थित अस्पतालका एक अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।