प्रत्येक घरमा भगवानको तस्विर तथा मूर्ति राखिएको हुन्छ । भनिन्छ, घरमा भगवानको सही मूर्ति राख्नुपर्छ । वास्तुअनुसार, मन्दिर घरको सबैभन्दा महत्वपूर्ण स्थान हो । त्यसैले वास्तुअनसार यो ठाउँको केही नियमको पालना गर्नुपर्छ ।

भगवानको पूजा र ध्यानबाट हामीलाई शक्ति मिल्ने मात्रै होइन, यसले मस्तिष्क तथा धार्मिक रुपले सन्तुष्टि पनि पाउँछौ । वास्तुलाई मान्ने हो भने, घरको उत्तर–पूर्वी दिशामा पूजा घर हुनुपर्छ । जान्नुहोस्, पूजा कोठा अथाव घरभित्रको मन्दिरमा कस्ता तस्विर र मूर्ति लगाउनुपर्छ ?

घरमा राख्नुहुन्न शनि भगवानको मूर्ति । शनि न्यायका भगवान हुन् । मन्दिरमा तपाई यसको पूजा गर्नुहुन्छ, तर ज्योतिषलार्य मान्ने हो भने, यसको मूर्ति घरमा राख्न हुँदैन ।

भगवान शिवको नटराज मूर्तिलाई पनि घरमा राख्नुहुन्न । भगवान शिवको मूर्ति उनको विश्वंशक रुपलाई दर्शाउँछ । नटराज रुपमा शिव ताण्डव गर्छन् भनिन्छ । त्यसैले भगवान शिवको नटराजको मूर्ति घरमा राख्नु हुन्न ।

उभिरहेकी लक्ष्मीको मूर्ति पनि घरमा राख्नुहुन्न । सकिन्छ भने, लक्ष्मी देवी, भगवान गणेश तथा सरस्वती देवीको बसेको मूर्ति तथा तस्विर राख्नुपर्छ ।

ज्योतिषिलाई मान्ने हो भने घरमा दुर्गाको विश्वंशक रुप काली माताको मूर्ति वा तस्विर घरमा राख्नु हुँदैन । त्यस्तै, भगवान भैरव भगवान शिवको प्रतीक हुन् । यसको प्रजा तन्त्र–मन्त्रसँग गरिन्छ भनिन्छ । तयसैले यसको मूर्तिलाई पनि घरमा राख्नुहुँदैन ।