भन्निछ कि दिनको सुरुवात राम्रो भए पुरा दिन राम्रो बित्छ। हिन्दु धर्ममा दिनको सुरुवातलाइ लिएर कयौं मान्यताहरु रहिआएको छ। तीनै मान्यताको अनुसार यस्ता ५ काम बताइएका छन् जसको साथ दिनको सुरुवात गर्दा पुरा दिन शुभ बित्छ।

१. स्नान

bath snan

अघिल्लो दिनको थकान र शरिर अपवित्र हुनाले दिनको सुरुवात स्नानबाट गर्नु आवश्यक मानिन्छ। बिहान स्नान गरेर मात्र भान्छामा पस्नुपर्ने शास्त्र बताउँछ। स्वास्थ्यको दृष्टीबाट पनि बिहानको स्नान उपयोगी हुन्छ।

२. भगवानको दर्शन

praying god

कयौं धर्ममा यसको महत्व बताइएको छ। जो मानिस बिहान उठी स्नान गरि केही बेर भगवानको पुजा आराधना गर्छ उसको दिन शुभ बित्नेछ। भगवानको दर्शनले मनमा शान्ती आउँछ र मन शुद्ध हुन्छ। शुद्ध मन र स्वस्थ्य शरिरले विचार शुद्ध हुन्छ। शुद्ध विचार सफलताको प्रतिक हो।

३. तुलसीलाई जल चढाउनु र सेवन गर्नु

tulasi gamala

भगवानको प्रतिक मानिने तुलसीको पूजालाइ निकै महत्वको साथ हेरिन्छ। भनिन्छ कि बिना स्नान गरि तुलसी नछुनु। साथै आयुर्वेदमा विशेष महत्व दिइने तुलसीको सेवन स्वास्थ्यको लागि अति उत्तम हुन्छ।

४. ठुलाको आशीर्वाद

legs touching samman

घरमा निस्कनुपूर्व ठुलाको आशीर्वाद लिन बिर्सन हुँदैन। जसले मानसम्मान दिन जान्छ उसले मानसम्मान पाउने पनि गर्छ। साथै मनमा राखिने आस्थाले विचार र काममा शुद्धी ल्याउँछ।

५. दहि खानु

youhurt dahi

घरबाट निस्कनुपू्र्व वा कुनै शुभ कार्य अघि दहि खानु शुभ मानिन्छ। ठुलो विपद वा समस्या टर्ने विश्वास गरिन्छ। साथै शरिरको लागि पनि फलदायी हुन्छ दही।

यो पनि पढ्नुस।
घर बनाउँ घर बनाउँदा जान्नै पर्ने ९ वास्तु सुचक
भागवतमा लेखिएका कलियुगका १५ सत्य कुरा