७ कात्तिक, चितवन । चितवनका घरजग्गा व्यवसायी मनोज श्रेष्ठको आफ्नै घर अगाडि पार्किङ गरी राखिएको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ ।

गएराति १२ वजेको समयमा भरतपुर महानगरपालिका वडा नं १२ वाइपासरोडस्थित निवासमै पार्किङ गरिराखेको वा १८ च ५४९ नम्वरको क्रेटा गाडीमा अज्ञात समूहले आगजनी गरेको गाडीधनी श्रेष्ठले जानकारी दिए ।

गाडीको पछाडीको भागवाट आगो लागिरहेको स्थानीय अटोरिक्सा चालकले देखेपछि घनीलाई खवर गरेका थिए । सोही घरको माथिल्लो तलामा श्रेष्ठ परिवार सहित वस्दै आएका छन् । आगजनीवाट गाडी पूर्ण रुपमा कामै नलाग्ने भएको छ ।

आगो लागिरहेको समयमा तिहारको झिलिमिली वत्ती समेत वलिरहेको थियो । तत्काल नदेखिएको भए वत्तीमा आगो लागि घरमा समेत क्षति पुग्ने खतरा तत्काल निभाईएकोले टरेको छ ।

चितवन प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । श्रेष्ठले सो गाडी गत दशैको फुलपातीको दिनमा मात्रै किनेका थिए ।