कुशल श्रेष्ठ

के तपाईँको बच्चा पढाईमा कमजोर छ? यदि छ भने, सुरुमा ऊ कसरी सुत्छ भन्ने कुरामा ध्यान दिनुहोस्। किनभने घुर्ने समस्याले बालकहरूको सोँच्न सक्ने क्षमता र केहि कुरा सिक्न सक्ने क्षमतामा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्।

कहिलेकाहिँ घुर्नु बालकहरूको लागि सामान्य भएतापनि, लगातार घुर्ने बानीले उनीहरूमा ‘स्लीप एप्निया’ (Sleep Apnea) नामक समस्या उत्पन्न हुन सक्दछ। जसले गर्दा कुनै कुरामा एकतृत भएर सोँच्न अनि नयाँ कुरा सिक्नमा बालकहरूलाई कठीनाइ हुने खोजको नतिजाबाट देखिएको छ।Snoring Children (2)

स्लीप एप्निया यस्तो समस्या हो, जसको कारण सुत्ने व्यक्तिको स्वास छिनछिनमा बन्द हुने र खुल्ने गर्दछ।

घुर्ने समस्याको सबैभन्दा प्रमुख कारण भनेको घाँटीनेरको रुद्रघण्टी ठूलो हुनु हो, जसको साधारण सर्जरी मार्फत उपचार गर्न सकिन्छ। तर कतिपयको सुत्ने अवस्था नमिलेर पनि घुर्न सुरु गर्दछन्।

उक्त खोजमा, ५ देखि ७ वर्ष सम्मका घुर्ने र नघुर्ने गरी कुल १,३५९ जना विद्यार्थी बालकहरूलाई सहभागी गराइएको थियो र उनीहरूमा देखिएको स्लीप एप्नियाको गम्भीरतालाई हेरेर ४ समूहमा विभाजन गरिएको थियो। त्यसपछि खोजकर्ताहरूले हरेक विद्यार्थीको सुत्ने स्थितिलाई रातैभरी नीरिक्षण गरिरहे। त्यसलगायत उनीहरूको बोल्ने कला, सीप तथा भाषाविकासको पनि परीक्षण गरे।

चारै समूहबाट निस्किएको आँकडालाई दाँजो गरेर हेर्दा, केवल एउटा घुर्ने समस्याले पनि बच्चाहरूको सोँच्न सक्ने क्षमतामा ठूलो नकारात्मक प्रभाव पर्ने उनीहरूले पत्ता लगाए।Snoring Children (1)

“हाम्रो खोजको नतिजाले पूर्णरूपमा समस्याको पहिचान गर्न नसकेपनि, यसले आगामी दिनहरूमा हुने अनुसन्धानलाई मद्दत गर्न सक्दछ। जसले दुनियाँका लाखौँ बुद्धिमानी र प्रतिभाशाली बालकहरूमा देखा पर्ने साझा समस्याको पहिचान गरेर त्यसलाई जरैदेखि उखेल्न मद्दत गर्दछ।” अमेरिकाको ‘युनिभर्सिटी अफ सिकागो’की लेला गोजलले भनिन्।

यो पनि हेर्नुहोस्-

आफ्नो बालबच्चालाई कहिल्यै नभन्नुस् यी ८ कुरा

सबैले थाहा पाउनैपर्ने- ‘घुर्ने समस्याएको ५ प्रभावकारी रोकथाम

घुर्ने बानी भएकाहरुबाट मुक्ति पाउने अचुक उपाय