यदि तपाइँ सुत्दा घुर्ने वानी छ वा तपाइँसँग सुत्ने कोही घुर्छ भने तनाव हुन सक्छ । सँगै सुत्ने ब्यक्ति घुर्दा समस्या नै हुन्छ कहिले काँहि ।

snoring

अव भने यो समस्याबाट मुक्ति मिल्ने भएको छ । बैज्ञानिकहरुले घुर्ने ब्यक्तिहरुलाई लक्षित गरेर एउटा मास्क बनाएका छन् । यस्तो मास्क लगाउँदा घरेको सुनिँदैन र निद्रा पानि राम्रो लाग्छ ।

यस अघि पनि यस्तो मास्क नआएको होइन तर यो भारी र असुविधाजनक थियो । अव भने बैज्ञानिकहरुले सहजरुपमा लगाउन सकिने र सानो आकारको मास्क ल्याएका छन् ।

बैज्ञानिकहरुले पछिल्लो पटक ल्याएको मास्कलाई सिपीएपी नाम दिएका छन् ।

बेलायतको एनएचएस ट्रस्टको अस्पताल ब्र्याडफोर्ड टीचिङ हस्पिटलका कन्सल्टेन्ट एनिस्थीटिस्ट डा. डेविड डसनका अनुसार सबैको अनुहारको बनावट एकनासको नहुने कुरालाई मध्यनजर गर्द नयाँ मास्क विकाश गरिएको हो ।

snoring1

यो मास्कले नाकमा सिलबन्दी हुन्छ र घुरेको आवाज बाहिर जाँदैन तर यसमा रहेको विशेष बनावटले अक्सिजन भने प्रयाप्तमात्रामा भित्र पठाउँछ ।