काठमाडौं, १ जेठ । भ्रष्टाचार आरोप खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतले बुधबार पाठकलाई ७८ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । उनी बैंक ग्यारेन्टी राखेर छुट्ने तयारी गरेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाउन दुई पटक गरी उनले ७८ लाख घुस लिएको आरोप लागेपछि उनीमाथि छानवीन चलिरहेको थियो ।