२० चैत, धनुषा ।

नापी कार्यालय धनुषाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासले नापीका अमिन कृष्ण जोशीलाई पक्राउ गरेको छ ।

अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासका प्रहरी उपरीक्षक राजकुमार लम्सालको टोलीले जोशीलाई पक्राउ गरेको हो ।

अमिन जोशीले एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट र नामसारीका लागि ३० हजार रुपैयाँ घुस लिएको बेला उनलाई पक्राउ गरेको एसपी लम्सालले जानकारी दिए ।

बझाङ जिल्लाको थालीमाली घर भएका अमिन जोशी गत दूई वर्षदेखि जनकपुर कार्यालयमा कार्यरत थिए । कर्मचारीलाई पक्राउ गर्न घुसको रकम अख्तियारले उपलब्ध गराएको थियो ।