Prachanda one२६ फागुन, काठमाडौ । नेपालको राजनीति तथा अन्य महत्वपूर्ण मुद्धामा प्रत्यक्ष हस्तक्षेप गर्ने भारतका प्रमुख दलका नेताहरूले आज नेपाली कांग्रेसका सभापति शुसिल कोइराला र एकिकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
आज दुई नेतासँग भएको छुट्टाछुट्टै भेटमा उनीहरुले भारतले नेपालमा स्थायी शान्ति, नयाँ निर्वाचन र नयाँ संविधानसभा घोषणा भएको देख्न चाहेको बताएका छन् । भेटका क्रममा सभापति कोइरालाले भारतका नेताहरूसँग एमाओवादीलाई सघाएकोमा रोष प्रकट गरेका थिए भने यता एमाओवादी अध्यक्ष प्रचण्डले भने भारतीय नेतहारूलाई निकै फकाएर पठाएका छन् । भारतका नेताहरूले आफूले चाहँदा चाहँदै पनि प्रधानमन्त्री भएपछी भारतको भ्रमण गर्न नसकेको र अब हुने पहिलो भ्रमण भारत नै हुने बताएका छन् । भारतीय नेताहरूले उनलाई भारत भ्रमणको निम्तो दिएपछि उनले यस्तो बताएका हुन् ।
प्रचण्डले आफूलाई चीनले पनि चीन भ्रमणका लागी निम्तो दिइरहेको तर आफूले भने पहिले भारत भ्रमण गर्ने र त्यसपछी मात्र चीनको भ्रमण गर्ने भन्दै भारतीय नेताहरूलाई मख्ख पारेका थिए । नेपाली राजनीतिमा भारतको इच्छा विपरित केहि हुँदैन भन्ने बुझेका प्रचण्डले भारतका नेताहरूलाई निकै चतुरता पूर्वक फकाएका छन् । यसरी भारतीय नेताहरूलाई फकाउन सफल भएपछी भारतले पनि आफ्नो पक्षमा लाग्न मद्धत मिल्ने भन्दै जानीजानी कन नै उनले भारतीय नेताहरूलाई यसरी फकाएका हुन सक्छन् ।