१ फागुन, काठमाडौं।

रोलक्रममा रहेका नवराज सिलवाललाई नबनाएर कांग्रेस सभापति शेरबहादुर देउवाकै अडानमा जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजिपी बनाउन खोजिएको विषय कतैबाट छिपेको छैन । तर, उनै देउवाले आइतबार चन्दलाई आइजिपी बनाउन आफ्नो कुनै संलग्नता नभएको भन्दै विज्ञप्ती नै निकालेर खण्डन गरेका छन् ।

संसदीय दलका नेतासमेत रहेका देउवाका संसदीय विषय हेर्ने निजी सचिव केशवराज जोशीद्धारा जारी विज्ञप्ती गम्भीर त्रुटीयुक्त रहेको भन्दै सामाजिक संजालमा लोकतान्त्रिक पार्टीको धज्जी उडाइएको छ ।

पत्रकार कोषराज कोइरालाले विज्ञप्तीमा भएका गल्तीलाई मार्क गर्दै फेसबुकमा भाषागत समस्यालाई उठाएका छन् । खण्डनको विज्ञप्ती निजी सचिवले जारी गरेको कि देउवाले जारी गरेको भन्ने दोहोरो अर्थ लाग्ने भद्रगोल भाषा छ ।

सामाजिक संजालदेखि मिडियासम्म देउवाकै अडानमा चन्दलाई नियुक्ति गरिएकोबारे विरोध भएको थियो । तर, देउवाले अघिल्लो दिनकै मिति राखेर आइतबार दिउँसो चार बजेमात्रै संचारमाध्यमलाई विज्ञप्ती पठाएका हुन् । अघिल्लो दिन नै जारी गरेको भए अघिल्लो दिन नै किन सार्वजनिक भएन ?

यो पढ्नुस्।
अब फेरि युद्धः बिप्लब
एमाले र मोर्चाबीच यसरी हुँदैछ गोप्य सहमति
मन्त्रिपरिषद्को निर्णय रोक्ने सर्वोच्चको आदेशमा के छ ?