११ पुस, एजेन्सी।
चर्चित पप गायक जर्ज माइकलको ५३ वर्षको उमेरमा निधन भएको छ।george-michael-171117311

हृदयघातका कारण आफ्नै खाटमा शान्तिपूर्व निधन भएको उनको लामो समय म्यानेजर रहेका माइकल लिपम्यानले बताएका छन्।

जर्जको वास्तविक नाम जर्जियोस् किरियाकोस पनाइओटोउ हो। स्वस्थ नै मानिएको जर्जको निधन क्रिसमसको दिन आफ्नै घरमा भएको हो। जर्जको अकल्पनिय निधनले धेरैलाई चकित पारेको छ।

माइकल सन् १९८० ताका आफ्नो पप ब्याड ह्वाम (Wham!)बाट चर्चमा आएका थिए। उनी ब्याण्डका प्रमुख गायक थिए। तत्पश्चात उनको साङ्गेतिक करिअरले सफलताको शिखर चुम्न थालेको थियो।

सुन्नुस् उनका चर्चित गित: