१२ जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं ३ मा नेकपा (एमाले)को समूह विजयी भएको छ ।

सो वडाको अध्यक्षमा श्यामसुन्दर धिमाल, महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार, सदस्यहरुमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी भएका छन ।

त्यसैगरी, नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार राजाराम खड्काले दुई हजार ६१९ र उपप्रमुखमा सरु बानियाँले तीन हजार ५७ मतले अग्रता कायम गरेकी छन ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नगरप्रमुखमा सोम मिश्र दुई हजार ५२८ र उपप्रमुखमा बिना बास्तोलाले दुई हजार ५६४ मतले पछ्याइरहेकी छन । रासस