२७ बैशाख, एजेन्सी ।

हालै बलिउड अभिनेत्री सोनम कपूरको फिल्म ‘नीरजा’लाई नेशनल अवार्ड मिल्यो । सत्य कथामा आधारित फिल्म ‘निरजा’मा सोनम ‘वास्तविक व्यक्ति निरजाको चरित्रमा देखिएकी छिन् ।

वास्तविक व्यक्तिको भूमिकालाई कुशलता पूर्वक निभाएकोमा विशेष उल्लेख (स्पेशल मेन्शन) राष्ट्रिय पुरस्कार सोनमले पाइन् । कार्यक्रम समारोहमा सोनम जब अवार्ड लिन पुगिन्त, सोनमसँगै उनका कथित प्रेमी आनन्द आहूजा पनि थिए । केही समययता सोनमको आनन्दसँग प्रेम सम्बन्ध रहेको खबर आइरहेको छ । यी दुईलाई धेरै पटक क्यामेरामा कैद गरिएको छ ।

आनन्द सोनमको परिवारका सदस्यसँग पनि धेरै पटक देखिसकेका छन् । अब खबरकाअनुसार, सोनम र आनन्दले चाँडै इन्गेजमेन्ट गर्न सक्ने बताइएको छ । यद्यपी, सोनम वा आनन्दमध्ये कसैले पनि आफ्नो सम्बन्धका बारेमा बोलेका छैनन् । तर, उनीहरु धेरैजसो सँगसँगै देखिनुले सम्बन्धलाई स्पष्टता दिइरहेको बताइन्छ ।