मिथुन राशि – यस राशिका व्यक्ति एकदमै छिटो प्रेममा पर्ने गर्छन् । कसैको कुनै पनि कुरा राम्रो लागेमा आकर्षित भइहाल्ने र भविष्यबारे सपना देख्न थाल्छन् । यद्यपी, जति चाँडो प्रेममा पर्छन्, त्यति नै छिटो प्रेमको भूत पनि उत्रिहाल्छ ।

कर्कट राशि – प्रेममा विश्वाससिलो, सम्बन्धप्रति इमान्दार र प्रेमको अनुभूति गराउँन आउँछ यी राशिका व्यक्तिलाई । यी राशिका व्यक्ति निक्कै संवेदनशील हुन्छन्, त्यसैले जो राम्रो व्यवहार गर्छ, सम्भव त ऊसलाई मन पाराउँन थाल्छ ।

कन्या राशि – मनमा कुरा नलुकाउँने हुन्छन् र अर्को व्यक्तिबाट पनि यही आशा राख्छन् । यही बिशेषतालाई अरुले गलत रुपमा लिइदिने गर्छन् । त्यसैले, जो कोही पनि उसको कुरामा सहमति देखाउँछ, ऊ(कन्या राशि) भावनात्मक रुपले तिनैसँग जोडिन पुग्छन् ।

कुम्भ राशि – यी राशिका व्यक्ति अरुकाे आकर्षणमा रहिरन मन पराउँ५न् । यस्तो अवस्था यदि अरु व्यक्तिले बेवास्ता गरेमा उनिहरुलाई निक्कै रिस उठ्ने हुन्छ । त्यसैले, जो यो राशिका व्यक्तिप्रति आकर्षित हुन्छन्, आफ्नो बनाएर छाड्छन् ।

मीन राशि – यी राशिका व्यक्ति प्रेमको सम्बन्धमा निक्कै अनौठा हुन्छन् । जुनसुकै अवस्थामा आफूलाई सहज बनाओस् भन्ने चाहान्छन् । यद्यपी, यी राशिका व्यक्तिको अनौठो स्वाभावले मानिस चाँडै आकर्षित ह्न्छन् ।