हामी शरिरलाई चाहिने शक्ति तथा तौल बढाउनको लागी केरा खाने गर्दछौ तर जापानीहरुले  तौल घटाउनको लागी केरा खाने गर्दछन् । उनीहरुले हरेक दिनको सुरुवात मनतातो पानी र केरा खाएर गर्दछन् । साथै डाइटिसियनका अनुसार यस तरिकाले तौल घट्दै जाने मात्र नभई अन्य फाइदा पनि गर्दछ ।

किनभने मनतातो पानीले शरिरमा मेटावोलीज्मको मात्रा बढाउंछ । मेटाबोलीज्म बढेपछि शरिरमा रहेको अनावश्यक बोसो घट्दै जान्छ । तातोपानी संग केरा खाएमा शरिरलाई प्रशस्त शक्ति प्राप्त हुन्छ र चाडै भोक लाग्न दिदैन । खानामा रुचि नभएपछि व्यक्तिको तौल नियन्त्रित हुन्छ । त्यसैले मनतातो पानी र केराले चाडै नै तौल घटाउनमा मद्दत गर्दछ ।

तरिका –
विहान उठ्ने वित्तिकै एक गिलास तातोपानी पिउनुस् । त्यसको ठिक आधा घण्टापछि दुइटा केरा खानुस् । यस डाइटलाई जापानमा ‘एसा डाइट’को नामले चिनिन्छ ।

फाइदाहरु
१. तातोपानी संगै केरा खाएमा पाचन प्रक्रिया बलियो हुदै जान्छ । साथै कब्जियत, ग्याष्ट्रिक लगायतका पेटसम्बन्धि समस्याहरु निको हुन्छ ।

२. विहान केरा खानाले शरिर स्फुर्त रहन्छ ।

३. तातोपानीले किड्नीमा रहेको विषालु पदार्थ निकाल्दछ भने केरामा पाइने पोटासियम, भिटामिन वि, भिटामिन वि १२ ले किड्नी सम्बन्धि रोगहरु लाग्नबाट बचाउछ ।

४. तातोपानी र केरा खानाले रगत शुद्ध हुन्छ । केरामा भएको फाइवरले शरिरमा रगतको मात्रा बढाउछ र रक्तअल्पता हुन दिदैन । साथै रगतको मात्रालाई स्थिर राख्दछ ।

५. नियमित रुपमा तातोपानी र केरा खानाले शरिरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रित गर्दछ । यसले मुटु स्वस्थ राख्नमा सहयोग पुग्छ ।

६. मनतातो पानी र केराको राम्रो संयोजन हुने भएकोले शरिरमा उर्जा बढ्नुका साथै अन्य रोग लाग्नबाट बच्न सकिन्छ ।