चाणक्यलाई पूर्वीय दर्शनका मेकियाबेली पनि भन्ने गरिन्छ । उनले तय गरेको नीति शास्त्रलाई धेरैले अमर ग्रन्थ मान्छन् । चाणक्यले मानव जीवनमा आवश्यक पर्ने ब्यवहारका विभिन्न आचार विचारबारे लेखेका छन् ।

पुराण भन्छः यी ४ प्रकारका युवतीसँग विवाह गर्नु हुँदैन

चाणक्यका अनुसार जीवनमा यी ५ कोबीचबाट कहिल्यै पनि जानु हुँदैन ।

चाणक्यको नीति श्लोक भन्छ- “विप्रयोर्विप्रवह्नेश्च दम्पत्यो: स्वामिभृत्ययो:। अन्तरेण न गन्तव्यं हलस्य वृषभस्य च।।” अर्थात यी ५ को बिचबाट कहिल्यै पनि निस्कनुस् ।

१- दुई ज्ञानी ब्यक्ति
कुनै दुई विद्वान ब्यक्ति कुरा गरिरहेका छन् भन् उनीहरुलाई डिस्टर्व गर्नु वा बिचबाट हिँड्नु राम्रो मानिँदैन । ज्ञानी मानिसहरु ज्ञानकै कुरा गर्ने भएका कारण उनीहरुको ध्यान भंग गर्नु पाप मानिन्छ ।

men talking

२-अग्नि
आगोबाट शारीरिक क्षतिको खतरा पनि हुने हुँदा अग्नीको बिचबाट हिँड्नु घातक मानिन्छ । चाणक्य नीति भन्छ- यज्ञमा बालिएको आगोको बिचबाट हिँड्नु अनुचित हुन्छ ।

australia fire  (1)

३- मालिक नोकर
मालिक र नोकरकोबीचमा कुरा भैरहेको समयमा तेश्रो ब्यक्ति उनीहरुको बिचमा जानु राम्रो मानिँदैन । मालिकले नोकर (आधुनिक अर्थमाः हाकिमले कर्मचारीलाई) लाई कामबारे सम्झाइरहेको समयमा जाँदा त्यसले बाधा पैदा गर्न सक्छ ।

यी ४ कुरा कसैलाई सिकाउन नखोज्नुस्

४- पति पत्नी
पति र पत्नीको बसिरहेको वा उठिरहेको समयमा उनीहरुको बिचमा जान वा हिँड्नु नराम्रो मानिन्छ । पत्नि पत्नीको निजी समयमा दक्खल दिनु अशोभनीय मानिन्छ ।

husband-wife-married-hi

५- हल गोरु
दुई गोरुको हलकोबीचबाट निस्कनु राम्रो हुँदैन । यसो गर्दा शारीरिकरुपमा घातक परिणाम पनि आउन सक्ने मानिन्छ ।

ox angry clipart

खाना खाने वित्तिकै कहिल्यै पनि नगर्नुस् यी ५ काम