कुशल श्रेष्ठ

‘चायाँ पर्नु’ भनेको हाम्रो तालुको छालाका कोषहरू मरिसकेपछि कत्लाजस्तै भएर बाहिर निस्कने एक शारीरिक समस्या हो। हुन त यो प्राकृतिक परिस्थिति नै हो, तर यो अत्याधिक हुन गएमा लज्जास्पद रोगको रूप लिँदै जान्छ।

हाम्रो छालालाई चिल्लो अनि नरम बनाइराख्न ‘सेबम’ (Sebum) नामक चिल्लो पदार्थको उत्पादन हुने गर्दछ। अनि जब यो सेबमको उत्पादन मात्रा बढ्दै जान्छ, तब छालामा सेतो कत्ला लाग्ने गर्दछ र त्यसैलाई चायाँ भनिन्छ। चायाँ टाउकोमा मात्र होइन शरीरका अन्य अङ्गहरूमा पनि आउन सक्दछ। यसको मूख्य कारण भनेको माइक्रोजीवाणुको विसर्जनले छालाका सुक्ष्म प्वालहरूलाई टाल्दिनु नै हो। यस्ता जीवाणहरूको विसर्जनमा pH लेभल एकदमै बढि हुन्छ, मतलब एसिड बढि हुन्छ र यसले छालालाई असर गरेपछि चायाँ निस्कने हो। यदि कुनै उपाय लगाएर छालामा pH लेभललाई नियन्त्रण गर्न सक्यो भने चायाँ हटेर जान्छ।

भाग्यवश, यसको लागि उपयुक्त घरेलु उपायहरू पनि छन्:-Home Remedies of Dandruff

१. कागती

कागतीलाई २ टुक्रा बनाउनुहोस् र एकचोटिमा एउटा टुक्राले आफ्नो तालुमा १० मिनेटसम्म मसाज गर्नुहोस्। मसाज गरिसकेपछि स्याम्पूले टाउको पखाल्नुहोस्। यो विधि १ हप्तासम्म नियमित अपनाउनाले चायाँबाट छुट्कारा पाउन सकिन्छ।

आफ्नो कपाललाई चाहिने जति नरीवलको तेल अथवा तोरीको तेल लिनुहोस् र त्यसमा ४/५ थोपा कागतीको रस मिसाएर घोल्नुहोस्। त्यो मिश्रणले तालुमा मसाज गर्नुहोस्। यसले चायाँको pH लेभललाई नियन्त्रण गर्न मद्दत गर्दछ।

(दाँत पहेँलो भयो ? कागती छँदै छ नी…)

कागतीलाई दिनभरी घाममा सुकाउनुहोस् र त्यसलाई नरीवलको तेलमा मिसाएर तालुको मसाज गर्नाले पनि चायाँबाट छुट्कारा पाउन सकिन्छ।

२. दही

यदि तपाईँको कपाल चिल्लो छ (oily hair) र चायाँ पनि चिल्लो छ भने कागती लगाउनु उचित हुँदैन। बरु त्यसको सट्टा दही लगाउनुहोस्। दहीले चायाँ परेको तालुमा १० मिनेटजति मसाज गर्नुहोस् र पछि स्याम्पूले पखाल्नुहोस्।

(गर्मीमा दही खानुस्, यी रोगसँग लड्नुस्…)Dandruff Problems (1)
३. अदुवा

यदि तपाईँको कपालमा रङ्ग लगाउनुभएको छ र चायाँ परेको छ भने कागती र दही लगाउँदा कपालको रङ्ग उँड्न सक्छ। त्यसैले यस्तो बेलामा अदुवाको जुसले तालुको मसाज गर्नुहोस्। १ हप्तासम्म नियमित अदुवाको जुसले तालुको मसाज गर्नाले चायाँलाई सखाप पार्न सकिन्छ।

(अदुवा राखेको चिया खाँदा फाइदै फाइदा)
४. सखरखण्ड

जसरी अदुवाको जुसले रङ्ग लगाएको कपालबाट चायाँ हटाउँछ, त्यसरी नै सखरखण्डको जुस पनि रङ्ग लगाएको कपालको लागि फाइदाजनक हुन्छ। यसले pH लेभललाई नियन्त्रण राख्नमा मद्दत गर्नुको साथै, कपालको रङ्गलाई समेत कुनै असर पुर्याउँदैन।

(फ्लुबाट बच्न प्रतिरक्षा प्रणालीमा ध्यान दिनुहोस्!!)
५. घिउकुमारी

घिउकुमारीले पोलेको अनि काटेको घाउलाई निको पार्छ भन्ने त सायद सबैलाई थाहा नै छ होला। तर यो बहुउपयोगी आयुर्वेदिक जडिबुटीले कपालको चायाँ हटाउनमा समेत उत्तिकै महत्वपूर्ण भूमीका खेल्दछ। दैनिक १ हप्तासम्म घिउकुमारीको जेलले तालुको मसाज गर्नाले चायाँको थप उत्पादन हुन सक्दैन।

(घाँटी चलाउनै नमिल्ने भएको छ? घरेलु रोकथामका उपाय यस्ता छन्…)Dandruff Problems (3)
६. जीरा

जीरालाई मसिनो गरी पिनेर मनतातो पानीसँग मिसाई लेदो बनाएर तालुमा लगाउँदा पनि चायाँबाट छुट्कारा पाउन सकिन्छ। राति सुत्नेबेला जीराको लेदो तालुका लगाउनुहोस् र विहान उठेर त्यसलाई स्याम्पूले पखाल्नुहोस्।

(केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र)
यो पनि हेर्नुहोस्-
काटेको घाउको दुखाईलाई छिट्टै कम कसरी गर्ने? (प्राकृतिक उपाय)
गोलभेडाले गर्छ धुम्रपानले गरेको असरलाई कम- जानौँ अन्य फाइदा
महको बारेमा जान्नै पर्ने १० तथ्य
मेथी खानुका फाइदा र बेफाइदा