१ जेठ, चितवन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे गृहजिल्ला चितवनमा नेकपा एमालेले खाता खोलेको छ ।

चितवनको इच्छा कामना गाउँपालिकाको वडा नम्बर १ को अध्यक्ष पदमा एमाले उमेद्बार बिजयी भएका हुन् । एमालेका उमेद्बार नन्दलाल गिरी ४ सय १९ मतसहित बिजयी भएका हुन् ।

गाउँ पालिका अन्तर्गत अन्य वडाको मतगणना चलिरहेको छ । भरतपुर महानगरमा भने अझै मतगणना सुरु भएको छैन ।