२२ साउन, चितवन ।

चितवनको भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखमा बिजयी भएसंगै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आज संयुक्त विजयी जुलस निकालेका छन् । गएराति अबेर मात्र अन्तिम मतपरिणाम घोषणा भएपछि आज बिजय जुलुस निकालिएको हो ।

गठबन्धन गरेर प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहाल र उपप्रमुखमा पार्वती शाह बिजयी भएपछि आज दिउँसो संयुक्त रुपमा दुइ पार्टिले बिजय जुलुस निकालेका हुन् । प्रमुखमा विजयी भएपछि दाहालले भरतपुर महानगरपालिकालाई देशकै समृद्ध महानगर बनाउने बताएकी छिन् ।

दाहाल एमालेका देवी ज्ञवालीलाई २ सय ३ मतान्तरले हराएर प्रमुख बिजयी भएकी हुन भने कांग्रेसकी पार्वती शाहले एमालेकी दिव्या शर्मा आचार्र्यलाई ७ हजार ६ सय १२ को भारी मतान्तरले पराजित गरिन् ।