२३ भदौ, काठमाडौं । चितवनमा दुई वटा गैंडा जुध्दा एउटा गैंडा मरेको छ । दुई वटा वयस्क गैंडा जुध्दा अन्दाजी १०÷१५ वर्षको एउटा गैंडा मरेको हो ।

कुम्भेश्वर मध्यवर्ती सामुदायिक वन, चम्कौली सामुदायिक वन र चितवन राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा गैंडा मरेको हो । जंगलमा जुध्दाजुध्दै अग्लो ठाउँबाट तल खोलामा खस्दा गैंडाको मृत्यु भएको हो ।

गैंडाको खाग र खुर सुरक्षित रहेको प्रहरीले जनाएको छ ।