८ साउन एजेन्सी। । भारतसंग बढ्दो तनावका बीच चीनको एक शक्तिसाली युद्धपोत युरोपली समुन्द्रतर्फ अघि बढेको छ ।

चीनबाट अघि बढेको सो युद्धपोतले बाल्टिक समुन्द्रमा रसियासंग मिलेर सैन्य अभ्यास गर्नेछ। चीन र रसियाका रक्षा मन्त्रालयले यसको पुस्टी गर्दै चीनको गाइडेड मिसाइल डिस्ट्रोयरले एक हप्तासंग  रसियासंग युद्ध अभ्यास गर्ने बताएका छन।

नेटोका सदस्य मुलुकहरु पोल्याण्ड र लिथुनियाको  बीचमा पर्ने कालिङग्राडमा मुख्य रुपमा सैन्य अभ्यास हुनेछ । सैन्य अभ्यासको समय र चुनिएको स्थानलाई रणनैतिकरुपमा अर्थपुर्ण मानिएको छ।

chinese destroyer

युरोपेली समुन्द्रमा चीन र रसियाले संयुक्त सैन्य अभ्यास गरेको यो पहिलो पटक हो।

चिनियाँ युद्धपोत युरोपेली समुन्द्रमा युद् अभ्यासका लागि अघि बढेको संसारले कहिल्यै देखेको थिए। आज भन्दा १० वर्ष अगाडी त यसको कल्पना पनि गर्न सकिन्थ्यो।

चिनियाँ युद्धपोत सहितका केही जहाजले इंगलिश च्यानल र नर्थ सि पार गर्दै गर्दा नेटोका महत्वपुर्ण सदस्यहरु बेलायत, नेदरल्याण्ड र डेनमार्का युद्धपोतहरुले एक्सकर्टिङ गरेका थिए।

चिनियाँ युद्धपोतले आधा भन्दा बढि बाटो पार गरिसकेको छ। यसपटक चीनको Type 052D destroyer Hefei ले पहिलो पटक युदध अभ्यास गर्दैछ। अभ्यासमा रसियाका तर्फबाट १० वटा जहाजले भाग लिनेछन्।

चिनियाँ र रसियाबीच हुन लागेको सैन्य अभ्यास चीनका लागि निकै महत्वपुर्ण मानिएको छ।

बाल्टिक समुन्द्र रसिया र नेटो देशहरु बीचको सधै तनाव रहने स्थान हो त्यही चीन रसिया मिसिनुको खास सन्देश छ ।

 

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजय पश्चात चीनको अमेरिकी सम्वन्धमा गिरावट आएको छ । भारतसंग पनि चीनको सम्वन्ध निकै चिसिएको अवस्थामा चिनियाँ र रसियाको संयुक्त सैन्य अभ्यासलाई पनि जोडेर हेर्नु पर्ने धेरैको राय रहेको छ।