काठमाडौं ।

चीनका राष्ट्रपति शी जिन पिङले नेपाल र चीन सहकार्यका लागि एउटै गन्तब्यको समुदाय बन्नु पर्ने बताएका छन् । चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि चिनियाँ राष्ट्रपति शीले यस्तो बताएका हुन् ।

चीनले नेपाललाई दिएको दिएको सबैभन्दा ठूलो उपहारः नाकाबन्दीमा पनि असर नगर्ने

चीन र नेपालका सरकारले परंपरागतरुपमा रहेको आपसी मित्रता तथा ब्यवहारिक सहकार्य विस्तार गर्दै एउटै गन्तब्यको समुदाय बन्नु पर्ने शीको भनाइ छ । प्रधानमन्त्री ओली र शी जिन पिङ बीच सोमबार बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको थियो ।

China President with PM Oli

राष्ट्रपति शी ले चीन र नेपाल निकट मित्र रहँदै सदियौं देखि असंलग्नताको पञ्चशील सिद्धान्तका आधारमा कायम रहेको उनले बताए ।

चीनले कहिल्यै हस्तक्षेप गर्दैनः

चिनियाँ राष्ट्रपति शीले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्न नचाहेको स्पष्ट सन्देश दिएका छन् । चीन र नेपालबीच शान्तिपूर्ण सहअस्तित्वमा आधारित सम्बन्ध रहेको र यसमा चीन सँधै प्रतिबद्ध रहेको उनले बताए ।

ओलीले चीनलाई गरे भारतलाई टाउको दुखाउने आग्रह

चीनले नेपालसँगको कुटनीतिमा उत्तरदायित्व, आपसी फाइदा र समावेसितामा आधारित समबन्ध विस्तार गर्न चीन प्रतिबद्ध रहेको बताए । चीनले नेपाललाई पारस्परिक सम्मान, सार्वभौमिकता तथा भौगोलिक अखण्डता तथा आपसी मामिलामा अहस्तक्षेप तथा एक अर्काप्रति अनाक्रमक ब्यवहारमा आधारित रहेको कुरा शीले दोहोर्‍याएका छन् ।

Xi Jinping

राष्ट्रपति शीले चीन र नेपाल दुवै विकाशशील राष्ट्र रहेको र विकाशको ऐतिहासिक सुधारका क्रममा साझा चुनौती सामना गरिरहेको शीले बताए । चीनको बेष्ट एण्ड रोड इनिसिएटिभ परियोजनामा नेपालले साथ दिने आशा ब्यक्त गर्दै राष्ट्रपति शीले यसले नेपालको पुनः निर्माण तथा विकाश योजनामा सहयोग गर्ने अपेक्षा ब्यक्त गरेका छन् । नेपाल र चीनबीच स्वतन्त्र ब्यापारिक क्षेत्र स्थापित गर्दै अघि बढाउन थुप्रै प्रयास गर्न बाँकी रहेको बताउँदै राष्ट्रपति शीले यसले नेपाल र चीनबीच कनेक्टिभिटी बढाउन भूमिका खेल्ने बताए । नेपालको उर्जा, भूकम्पपछिको पुनः निर्माण तथा औद्योगिक क्षमता विस्तारका लागि चीन र नेपालबीचका पछिल्ला सम्झौताहरु त्यसमा सहायक हुने शीको भनाइ छ ।

बेइजिङको सन्देश ओलीको चीन भ्रमणः भारत भ्रमण भन्दा एक कदम अगाडी

चीन र नेपालबीच पर्यटन, शिक्षा तथा सांस्कृतिक एवं युवा तथा मिडिया आदान प्रदान विस्तार हुनु पर्नेमा जोड दिँदै यसले दुई देशबीच मित्रता प्रवर्द्धनमा सहयोग पुग्ने शीले बताए । चीनले पहल कदमी लिएको एसियन इन्भेस्टमेन्ट बैंक तथा शांघाइ कोअपरेसन अर्गनाइजेसन जस्ता मञ्च प्रयोग गर्न आह्वान गर्दै राष्ट्रपति शी ले नेपालले यस्ता मञ्चबाट धेरै फाइदा लिन सक्ने सन्देश पनि दिएका छन् ।

चीन र नेपाल मात्र होइन भारत पनिः
चिनियाँ राष्ट्रपतिले नेपाल र चीनबीचको २ पक्षीय सम्बन्ध मात्र नभएर चीन , भारत र नेपालबीचको त्रीपक्षीय रणनीतिक साझेदारीमा जोड दिँदै चीन र भारतको विकाशबाट नेपालले धेरै फाइदा लिन सक्ने बताएका छन् ।

भारत र चीनको साझा चाहाना नेपालको समृद्धी र स्थायित्व रहेको बताउँदै राष्ट्रपति शीले भारतले पनि नेपालमा राजनीतिक स्थायित्व र समृद्धी चाहेको बताउँदै नेपाल भारत र चीनबीच पुल बन्न सक्ने बताए । चीन नेपालको असल मित्र रहेको बताउँदै चीन नेपालसँगको समन्धमा पञ्चशीलमा आधारित अहस्तक्षेपमा आधारित रहेको बताए ।