कुर्कुच्चा फुटेर बाक्लो अनि कडा सेतो छालाको लेउ लाग्ने समस्याले अधिकांशलाई सताइरहेको हुन्छ। वृद्धवृद्धाहरूलाई मात्रै नभएर युवा तथा प्रौढहरूमा पनि यस्तो समस्या आउन सक्दछ। सबैले यसलाई ‘कुर्कुच्चा फुटेको’ भन्छन्, तर खासमा यो ‘फुटेको’ होइन। यहि नै शरीरको प्रतिरक्षा प्रणाली हो। तर यसलाई बेलैमा सफा नगरे, यसले विकराल रूप लिन सक्छ र निको नहुने गरी त्यहिँ टाँस्सिएर बस्न सक्छ।

जब हाम्रो शरीरको कुनै अङ्ग र अर्को कुनै कडा वस्तुको नियमित घर्षण भइरहन्छ भने हाम्रो कोमल अनि नरम छालाले आफूलाई त्यस वस्तुबाट बचाउनको लागि कडा छालाको रक्षात्मक बाँध लगाउँदछ। यो कडा छालालाई ‘क्यालस’ (callus) भनिन्छ र यो विशेष गरी खुट्टा र हातमा आउने गर्दछ।Callused Feet

यस्तो कडा छालालाई हटाउनको लागि समय लाग्न सक्छ, तर असम्भव भने छैन। केहि प्राकृतिक, सस्तो र घरेलु उपायहरू छन्, जसले हात र खुट्टाको क्यालसलाई हटाउनमा मद्दत गर्दछ।

१. चिनी
  • आधा गिलास चिनी एउटा भाँडामा राख्नुहोस्।
  • त्यसमा चिनीको आधा भागजति मनतातो पानी अथवा ग्लिसिरिन अथवा नरीवलको तेल राखेर घोल्नुहोस् र बाक्लो लेदो बनाउनुहोस्। यस मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुन्छ।
  • यस मिश्रणलाई क्यालस लागेको कुर्कुच्चा अथवा फुटेको छालामा दैनिक लगाउँदा छालालाई नरम बनाउनको साथै सफा पनि बनाउँदछ।

बिहान पानी पिउनुका फाइदा

हृदयघातबाट बच्न कुन तेल खाने?

५ प्रकारको तेल जसले मोटोपना घटाउँदछ

२. भुइँकटहर

  • भुइँकटहर तास्नेबित्तीकै त्यसको बोक्राले फुटेको छाला अथवा कुर्कुच्चालाई पूर्ण रूपमा ढाक्नुहोस् र नरम कपडाले बाँधिदिनुहोस्।
  • केहि घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् र १ हप्तासम्म दैनिक यसो गर्नाले भुइँकटहरको बोक्रामा हुने इन्जाइम र एसिडले फुटेको ठाउँलाई निको बनाउँदछ।
३. बेकिङ्ग सोडा

फुटेको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा राम्रो उपाय भनेको ‘मनतातो पानीले भिजाउनु’ नै हो। यसले कडा छालाई नरम बनाई निको हुन मद्दत गर्दछ। साथै १ गिलास मनतातो पानीमा ३ चम्चा बेकिङ्ग सोडा मिसाएर पनि कुर्कुच्चालाई त्यसमा डुबाउन सक्नुहुन्छ।Callused Feet- Before and After

यो पनि हेर्नुहोस्-
सबैलाई आफ्नो खुट्टाको बारेमा यी कुराहरू थाहा भए कति जाति हुन्थ्यो!
घाँटी चलाउनै नमिल्ने भएको छ? घरेलु रोकथामका उपाय यस्ता छन्…
खाना खाने बित्तिकै दिसा बस्न मन लाग्छ?
छिनछिनमै पिसाब लाग्नुका अपत्यारिला कारणहरू