चिलाउने र दुख्ने बिचको सम्बन्धको रहस्य सबै बुझिसकिएको छैन। छालामा ‘नर्भ सेल’ हुन्छन्, जसले छालामा हुने विभिन्न गतिविधि थाहा पाउने गर्छन। यी कोषहरुले तातो, चिसो, दुखाइ, चिलाइ आदी महसुस गरेर दिमागलाई सुचित गर्छन्।

छालामा हुने केही ‘नर्भ सेल’हरुले चिलाई मात्र थाहा पाउँछ, भने केहीले दुखाइ मात्र महसुस गर्न सक्छ। यी कोषहरु छालाको सबै सतहमा फैलिएका हुन्छन्।

itching

एलर्जी अनि अन्य रोगहरुले छालामा चिलाउने गर्छ। कन्याएपछि चिलाइ निको हुन्छ तर फेरी केही बेरमा पहिलेको भन्दा बढी गहिर्याइले चिलाउन सुरु हुन्छ। दुखाइकम गर्ने औषधीहरु मेडिकलमा विभिन्न थरीका पाउँछन्। दुखाई र चिलाईले उस्तै तरिकाले दिमागसंग सञ्चार गर्ने रहेछ भने त्यहि दुखाई कम गर्ने औषधी चिलाइकम गर्न पनि प्रयोग गर्न सकिन्थ्यो।

दुखाई र चिलाई, छाला तथा शरिरको लागि हानिकारक तथा अनावश्यक वस्तु तथा अवस्था चिन्न शरिरले बनाएको एउटा सुचना प्रणाली पनि हो।

दुखाई र चिलाई प्रक्रियामा धेरै समानता पनि छन्। जहाँ दुखाई र चिलाई एकै साथ हुन्छ त्यहाँ सेरोटोनिन नामक एक रसायनले मुख्य भुमिका खेल्छ।

दिमागसंग दुखाई र चिलाईले सञ्चार गर्ने बाटो एउटै रहने गरेको छ। स्पाइलन कर्डको उही बाटो यी दुईले पछ्याउछन्। केही यस्ता व्यक्तिहरु पनि भेटिन्छन् जसले दुखाई महसुस गर्न सक्दैनन्। ती व्यक्तिहरुले चिलाई पनि महसुस गर्न नसक्ने भेटिएको छ। दिमागले पनि एउटै ठाँउबाट दुखाई र चिलाईलाई चिन्ने गर्छ। नशा एउटै, दिमागमा बुझ्ने ठाँउ एउटै तर महसुस गरिने संवेदना भने फरक फरक।

निकै चिलाएको बेलामा याद गर्नुहोस्। चिलाएको ठाँउमा केही बेस्सरी पिट्ने हो भने चिलाई कम हुन्छ अनि दुखाई बढ्छ। त्यस्तै तपाईलाई चिलाएको ठाउँमा एकैसाथ दुखाई महसुस हुदैन। कि त चिलाउछ, कि त दुख्छ, छालाको एउटै ठाउँमा दुखाइ र चिलाई महसुस हुदैन।

यो पनि पढ्नुहोस्।

क्यान्सरका शुरुवाती ५ लक्षणः कहिले पनि वेवास्ता नगर्नुस्

क्यान्सरबाट जोगिने ८ उपाय

मृगौला जोगाउन चाहनु हुन्छ ? खानुस् यी ७ खाना