११ वैशाख, एजेन्सी । दक्षिण अमेरिकी देश चिलीमा ६.१ रेक्टर स्केलको भुकम्प मापन गरिएको अमेरिकी जियोलजिकल सर्वेले जनाएको छ । भुकम्पबाट भएको जनधनको क्षतिबारे कुनै विवरण प्राप्त नभएको बताइएको छ ।

भुकम्पको मापन आइतवार राती ११ बजेर ३५ मिनेटमा गरिएको थियो । भुकम्पको केन्द्र वालपरासियो देखि ४२ किलोमिटर उत्तरपश्चिमको तटिय क्षेत्रमा थियो ।