१५ चैत, काठमाडौं ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला चीन भ्रमणमा छन् । प्रचण्ड भोली(बुधवार) सप्ताहव्यापी भ्रमण सकेर स्वदेश फर्किदैछन् । र ठिक यहि समयमा आज भारतीय सेनाका प्रमुख विपिन रावत नेपाल आउँदैछन् । त्यस्तै चीनका रक्षामन्त्रीपनि चांग वांकुवान पनि नेपाल भ्रमण सकेर फर्किएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमण र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण लगत्तै भारतीय सेना प्रमुख नेपाल आउन लागेको विषयलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । उता भारतीय मिडिया भने चीनको कदम असफल पार्नलाई भारतका सेनापति नेपाल जान लागेको भन्दै खवर प्रकाशन गरेका छन् ।

भारतको चर्चित अनलाइन न्यूज२४अनलाइनले चीनको चाल असफल पार्न सेनाप्रमुख नेपाल र बंगलादेश जाने शिर्षकमा खवर लेख्छ । खवरको सुरुमै पैसाको बलले भारतका छिमेकी किन्ने प्रयासमा चीन लागेको आरोप लगाइएको छ ।

चीन र नेपालका सेनाको संभावीत संयुक्त सैन्य अभ्यासलाई लिएर भारतमा चिन्ता रहेको र सेनापतिको भ्रमणले त्यो अभ्यास रोकिन सक्ने खवरमा उल्लेख गरिएको छ ।

हेर्नुहोस भारतीय मिडियामा के खवर छ

http://hindi.news24online.com/general-bipin-rawat-to-visit-nepal-and-bangladesh-30/