१३ असार, एजेन्सी ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनको साइबर र समुद्री गतिविधिलाई लिएर चिन्ता प्रकट गरेका छन । ओबामाले चीनसँगको यो मुद्दाको बारेमा तनाब कम गर्न ठोस कदम चाल्न अपिल पनि गरेका छन ।

अमेरिका र चीनबीच युद्धको संकेत (तस्विर सहित)

ओबामाले चीनका उपप्रधानमन्त्री सहित विभिन्न नेताहरुसँग भेट्न लागेको बेलामा यो चिन्ता व्यक्त गरेका हुन । अमेरिका र चीनका शीर्ष अधिकारीबीच वार्षिक रणनिती एवम् आर्थिक संवाद को पूर्वसन्ध्यामा यस्तो कुरा अगाडि आएको हो ।

barak obama mic

ब्हाइट हाउसले भनेको छ, ‘राष्ट्रपतिले चीनको साइबर र समुद्री गतिविधिलाई लिएर चिन्ता गरेको छ, र भनेको छ कि तनाव कम गर्नको लागि उचित कदम उठाइयोस’ । यो कुरा चीनका राष्ट्रपति शी जिनपिंगको आगामी अमेरिका भ्रमण अगाडि भएको हो । दुबै देशका अधिकारीहरुबीच जलवायु परिवर्तन र स्वच्छ उर्जा सहयोगलाई विस्तार गर्ने सहमती साथ सम्पन्न भएको छ ।

दुबै देशले कोरिया प्रायद्विपलाई परमाणु हतियार मुक्त बनाउने प्रतिबद्धतामा समर्थन पनि गरेका छन ।

यो पनि पढ्नुस्

चीनले गर्‍यो परमाणु हतियार बोक्ने बहानको परीक्षण, अमेरिका भने क्रुद्ध

चीनबाट अमेरिकामा ‘भयानक साइवर आक्रमण’