१४ वैशाख, एजेन्सी ।
चीनले दक्षिण कोरियामा जारी अमेरिका–दक्षिण कोरिा सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । साथै कोरियाली प्रायद्विपमा देखिँदै आएको तनावलाई शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई पनि रोक्न आग्रह गरेको छ ।

बुधबार जर्मनीको राजधानी बर्लिनमा आयोजित एक समारोहमा बोल्दै चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा जनाएका हुन ।

कोरियाली प्रायद्विपमा जारी तनावलाई शान्त गर्न अमेरिका तथा दक्षिण कोरियाद्वारा कोरियाली सामुद्रिक क्षेत्रमा जारी राखेको सैन्य अभ्यासका साथै उत्तर कोरियाद्वारा विगत केही समयदेखि परीक्षण गर्दै आएको आणविक कार्यक्रमलाई रोक्नुपर्ने बताएका हुन ।

यो पढ्नुस्:

५ मिलियन परमाणु बम आक्रमणको तयारी, अमेरिका र दक्षिण कोरिया ध्वस्त गर्ने उत्तरको चेतावनी

उत्तर कोरियाले किन छैटौँ परमाणु परीक्षण गरेन ?